+
+
Shares

सप्तरीमा घोंगी टिप्ने क्रममा पोखरीमा डुबेर वृद्धाको मृत्यु

अग्निसाइर कृष्णासवरण गाउँपालिकामा सीतापुरकी स्थानीय ७२ वर्षीया सजनी सदाको पोखरीमा घोंगी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते २१:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा ७२ वर्षीया सजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको छ।
  • खडक नगरपालिका–६ मा श्रीकृष्णाजन्मष्टमीको मूर्ति सेलाउने क्रममा १८ वर्षीय राजा चौधरी पोखरीमा डुबेर मृत्यु भएका छन्।
  • राजा चौधरीलाई उपचारका लागि छिन्नमस्ता अस्पताल ल्याइएको थियो जहाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

२ भदौ, राजविराज। घोंगी टिप्ने क्रममा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ ।

उक्त गाउँपालिका–२ सीतापुरका स्थानीय ७२ वर्षीया सजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरदेखि करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंङ्ही टिप्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी खडक नगरपालिका–६ मा श्रीकृष्णाजन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमै डुबेर आज साँझ एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा खडक नगरपालिका–७ बस्ने १८ वर्षीय राजा चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार श्रीकृष्णाजन्मष्टमीको अवसरमा गाउँमा बनाइएको मूर्र्ति सेलाउन पोखरीमा जाँदा उनी डुबेका हुन् ।

डुबेर अचेत भएका चौधरीलाई गाउँलेहरुले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?