+
+
Shares

‘कोशेढुंगा’को ट्रेलर : पारिवारिक सम्बन्ध र नोकझोंकको मर्मस्पर्शी कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक सरोज पौडेलको आगामी फिल्म 'कोशेढुंगा'को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ।
  • फिल्मको कथावस्तु पारिवारिक सम्बन्ध, उल्झन र दाम्पत्य जीवनका अँध्यारा–उज्याला आयाममा आधारित छ।
  • 'कोशेढुंगा' फिल्म १२ भदौ २०७९ मा प्रदर्शनमा आउने तयारीमा छ।

काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्देशक सरोज पौडेलको आगामी फिल्म ‘कोशेढुंगा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ ।

३ मिनेट ४३ सेकेन्डको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र मनोविज्ञानबारे खुलासा गर्ने प्रयत्न गरेको छ । ट्रेलर हेर्दा फिल्मको कथावस्तु पारिवारिक सम्बन्ध, उल्झन, दाम्पत्य जीवनका अँध्यारा–उज्याला आयामको कथावस्तुमा बनेको बुझ्न सकिन्छ ।

ग्रामीण परिवेशमा छायांकन गरिएको फिल्मको ट्रेलरमा शीर्ष कलाकार सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिलकुमार, सरोज खनाल लगायत चित्रण छन् ।

निर्देशक पौडेलकै पटकथा रहेको फिल्मलाई प्रबिल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन् । दिनेश खड्का कार्यकारी निर्माताको रुपमा छन् ।

निर्माणमा नरेदवी फिल्म्स र सारंगी फिल्म्सले सहकार्य गरेका छन् । सेभेन सिज इन्टरनेसनलले फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछ ।

‘कोशेढुंगा’ तीजको छेकोमा १२ भदौ (२८ अगस्ट)मा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?