
News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक उन्मुक्ति पार्टीले कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे आफूहरूसँग छलफल नगरेको बताएको छ।
- प्रतिनिधिसभामा नाउपाको ४ र जनमत पार्टीको ६ सिट रहेको छ र उपसभामुख हटाउन दुई तिहाइ मत आवश्यक पर्छ।
- सत्तापक्षका साना दलहरूले उपसभामुख हटाउने प्रयासमा साथ दिने वा नदिने प्रष्ट नभएको र छलफल हुन बाँकी रहेको छ।
३ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनमा रहेका दुई ठूला दलले उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे आफूहरूसँग छलफल नगरेको बताएको छ ।
‘कांग्रेस र एमालेले केही भनेका छैनन् । उपसभामुख हटाउनेबारे हो वा होइन त्यो पनि बुझेको छैन,’ नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार अनलाइनखबरसँग भनिन् ।
प्रतिनिधि सभामा नाउपाको ४ सिट रहेको छ । उपसभामुखलाई हटाउन दुई तिहाइ मत आवशयक पर्छ ।
कांग्रेसको ८८ र एमालेको ७९ जोड्दा १६७ हुन्छ ।
सत्तापक्ष नै रहेका साना दलले साथ दिने वा नदिने प्रष्ट तय भएको छैन । यही बेला नाउपाले उपसभामुख हटाउने सत्तापक्षको प्रयास बारे छलफल नै हुन बाँकी रहेको बताएकी हुन् ।
प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टीले पनि उपसभामुखबारे छलफल नै नभएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4