
News Summary
Generated by OK AI. Editorially reviewed.- सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा लगाएको ताला सरकारले खोलिदिएको छ।
- पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा निवेदन आएपछि ताला खोल्न निर्देशन दिएको बताए।
३ भदौ, काठमाडौं। सातदोबाटोस्थित नपाल ओलम्पिक कमिटीको भवनमा लगाएको ताला खोलिएको छ । केही दिनअघि बनाइएको ओलम्पिक कमिटीको तदर्थ समितिका पदाधिकारीले मंगलबार ओलम्पिक कमिटी भवनमा पुगेर ताला खोलेको हो ।
जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीलाई अवैधानिक भन्दै पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा गत मंगलबार ९ सदस्यीय तदर्थ समिति गठन गरेको विज्ञप्तिमार्फत जनाएको थियो ।
तदर्थ समितिले ओलम्पिक भवनमा लगाएको ताल्चा खोल्न राखेपमार्फत युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरेको थियो। खेलकुद मन्त्रालयले गृह मन्त्रालयमा अनुरोध गरेपछि गृहबाट फेरि खेफकुद मन्त्रालय, राखेप हुँदै ताल्चा खोलेको जानकारी आएको तदर्थ समिति प्रवक्ता समिम मिया अन्सारीले जानकारी दिए ।
‘ताल्चा हामीले खोलेको होइन। सरकारले खोलेको हो । ताल्चा खोलेको भनेर हामीले पनि जानकारी पायौं। अब हामी छिटै पत्रकार सम्मेलन गरेर बाँकी जानकारी गराउनेछौं’ समिम मिया अन्सारीले भने।
यता, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा ताला खोल्न भनेर निवेदन आइसकेपछि ताला खोल्न निर्देशन दिएको बताए ।
उनले अनलाइनखबरसँग भने, ‘मन्त्रालयमा ओलम्पिकको ताला खोल्नुपर्यो भनेर निवेदन आयो। त्यसकारण मैले ताला खोलिदिन निर्देशन दिएको हुँ।’
प्रतिक्रिया 4