
३ भदौ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न सूचना पठाएको छ ।
मंगलबार सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान भनेको हो ।
एक सांसदका अनुसार, उपत्यका बाहिर भएका सांसदहरूलाई फर्कन र उपत्यकामै भएका सांसदहरूलाई कहीँ नजान भन्दै एसएमएसमार्फत जानकारी आएको हो ।
एमाले कांग्रेसले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीस्वरुप हस्ताक्षर संकलन गरिरहेको छ ।
उता, विपक्षी दलहरू यो कार्यको विरोध गर्नेगरी तयारी गरिरहेको छ । कांग्रेसभित्रकै इतर समूहका सांसदहरूले पनि अहिलेसम्म हस्ताक्षर गरेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4