News Summary
Generated by OK AI. Editorially reviewed.- प्रिमियर आईबी कन्टिनम स्कुलले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ।
- क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर र ग्रिनफिल्ड नेसनल कलेज पनि सेमिफाइनलमा पुगेका छन्।
- प्रतियोगिताको लिग अन्तिम दिन बुधबार चार खेल हुनेछन् ।
३ भदौ, काठमाडौं । प्रिमियर आईबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा प्रिमियरले पुष्पसदनलाई ५०–१५ ले सहजै पराजित गर्यो । अपराजित प्रिमियर ५ खेल जित्दै समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । प्रिमियरका अश्विन चालिसेले १३ अंक जोडे ।
अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र ग्रिनफिल्ड नेसनल कलेज पनि सेमिफाइनलमा पुग्न सफल भए । एक खेल अगावै दुवै सेमिफाइनलमा पुगेका हुन् ।
सीसीआरसीले बर्नहार्टलाई ८०–४६ ले हरायो । सीसीआरसीका कर्मा तामाङले १८ स्कोर गरे । ग्रिनफिल्डले कान्जिरोवालाई ६८–४२ ले पाखा लगायो । ग्रिनफिल्डका प्रदिपले १८ अंक बटुले ।
रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन तथा चोकोफलको सहयोगमा जारी प्रतियोगिताअन्तर्गत लिगको अन्तिम दिन बुधबार ४ खेल हुनेछ । टाइम्स र सीसीआरसी, गोल्डेनगेट ‘बी’ र पुष्पसदन, मल्पी र गोल्डेनगेट ‘ए’ तथा ग्रिनफिल्ड र जेभियर इन्टरनेसनल कलेजबीच खेल हुनेछ । जेभियर पनि एक खेल अगाडि नै सेमिफाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया 4