
काठमाडौं । प्रजनन उपचार क्षेत्रमा नेपालको अग्रपंक्तिमा रहेको तथा उच्च सफलताका लागि परिचित वात्सल्य क्लिनिकले आफ्नो नवौं वार्षिकोत्सवका अवसरमा एक महत्त्वपूर्ण घोषणा गरेको छ ।
आजको समाजमा बढ्दो निःसन्तानताको चुनौती सम्बोधन गर्दै ७० प्रतिशतभन्दा बढीको आईभीएफ सफलता दरका साथ ९ हजारभन्दा बढी परिवारलाई सन्तान सुख प्रदान गरिसकेको वात्सल्यले यसपटक ‘सफलताको सम्भावना दोब्बर, खुसी चौगुणा’ बनाउने हेतुले एक विशेष अफर ल्याएको जनाएको छ ।
विशेष अफर : पहिलो आईभीएफ चक्रपछि आवश्यक परे दोस्रो निःशुल्क
नवौं वार्षिकोत्सव अफर अन्तर्गत वात्सल्य क्लिनिकमा पहिलो आईभीएफ चक्र गराउने जोडीहरूका लागि यदि पहिलो चक्रबाट गर्भधारण हुन नसकेमा र त्यस चक्रबाट स्वस्थ भ्रूण बाँकी रहे दोस्रो आईभीएफ चक्र विल्कुल निःशुल्क हुनेछ । यो पहल सन्तान प्राप्तिको सपना बोकेका दम्पतीहरूलाई थप अवसर प्रदान गर्न लक्षित छ ।
सीमित अवधिको योजना भएकाले इच्छुक दम्पतीहरूलाई थप जानकारीका लागि नजिकको वात्सल्य क्लिनिकमा जान वा सिधै०१५९७०६११ मा सम्पर्क गर्न वात्सल्यले अनुरोध गरेको छ । यसका साथै अफर सम्बन्धी सम्पूर्ण जानकारी वात्यसल्यको वेबसाइटमा पनि हेर्न सकिन्छ ।
प्रतिक्रिया 4