+
+
Shares

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १२:३५
फाइल तस्वीर

४ भदौ, काठमाडौं । प्रतिनिधि सभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो जानकारी गराएका छन् ।

‘स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रमका लागि संसद् बैठकमा प्रधानमन्त्री आउन नसक्ने’ जानकारी बर्तौलाले गराएका हुन् ।

योसँगै आज तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित हुन पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?