
News Summary
Generated by OK AI. Editorially reviewed.- मुम्बईमा भारी वर्षाका कारण रेड अलर्ट जारी गरिएको छ र २४ घण्टामा ३०० मिलिमिटर वर्षा भएको छ।
- बलिउड स्टार अमिताभ बच्चनको प्रतीक्षा बंगला डुबानमा परेको छ र उनले आफैं वाइपरले पानी सफा गरिरहेका छन्।
- मुम्बईमा स्कूल, कलेज, सरकारी कार्यालय तेस्रो दिन बन्द छन् र ३४ स्थानीय रेल तथा २५० भन्दा बढी उडान प्रभावित भएका छन्।
मुम्बई । भारी वर्षाको कारण मुम्बईमा रेड अलर्ट जारी गरिएको छ । बलिउड स्टार अमिताभ बच्चनको बंगला पनि डुबानमा परेको छ । सार्वजनिक भिडियोमा उनको घर डुबानमा परेको देखिन्छ ।
भिडियो बनाउने फ्यानले पानी परेपछि अमिताभ आफैंले वाइपर उठाएर पानी सफा गरिरहेको दाबी गरेका छन् ।
अमिताभको प्रतिक्षा बंगला जुहूको पास क्षेत्रमा छ । त्यहाँका सडक घुँडासम्म आउने पानीले भरिएका छन्, जुन बिग बीको घरसम्म पनि पुगेको छ । जसका कारण उनका कर्मचारीलाई समेत आवतजावतमा समस्या परेको छ ।
सागर ठाकुर नामका एक व्यक्तिले बंगलाको भिडियो पोस्ट गरेका छन्, जहाँ अमिताभ आफैंले वाइपरले पानी निकाल्दै गरेको देखिएको छ ।
ती व्यक्तिले अमिताभ बच्चनको दोस्रो बंगला जलसा पनि देखाएका छन् जुन वर्षाले पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । सडकहरू पूर्ण रूपमा अवरुद्ध छन् र पानी निकास हुने कुनै बाटो छैन ।
बलिउडका सुपरस्टार अमिताभ परिवारसँग जलसामा बस्छन् । यो बंगला १० हजार वर्ग फिटमा बनेको छ र दुई तला छ । पहिले बिग बी प्रतीक्षा बंगलामा बस्थे ।
अभिषेक बच्चन र ऐश्वर्याको विवाह पनि यही बंगलामा भएको थियो । यसबाहेक उनको जनक बंगलासँगै अन्य २ वटा बंगला पनि छन् ।
टेलिभिजनको लोकप्रिय रियालिटी शो बिग बोस १९ अगस्ट २४ बाट सुरु हुँदैछ । प्रिमियर हुनुभन्दा पहिले मिडियाका लागि बिग बोसको घर भ्रमणको आयोजना गरिएको थियो, तर वर्षाका कारण घर भ्रमण पनि रद्द गरिएको छ ।
मुम्बईमा २४ घण्टामा ३०० मिलिमिटर वर्षा भएको छ । स्कूल, कलेज, सरकारी र अर्धसरकारी कार्यालय लगातार तेस्रो दिन बन्द गरिएका छन् । मुम्बईका ३४ स्थानीय रेल रद्द गरिएका छन् । २५० भन्दा बढी उडान पनि प्रभावित भएका छन् ।
प्रतिक्रिया 4