+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सौर्य एयरलाइन्स दुर्घटनामा न्यायिक छानबिन जरुरी छ : महासेठ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १४:५३

४ भदौ, काठमाडौं । नेकपा एमाले सांसद रघुवीर महासेठले सौर्य एयरलाइन्स दुर्घटनाको छानबिनका लागि न्यायिक छानबिनको जरुरी रहेको बताएका छन् ।

२०८१ साल साउन ९ गते बुधबार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा.सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल सदस्यसहितको आयोग गठन गरेको थियो ।

छानबिनको प्रतिवेदन विवादित रहेको र सम्बन्धित विमान कम्पनीलाई बचाउन सकभर कोशिस गरिएको देखिएकाले न्यायिक छानबिनको माग गरे ।

‘न्यायिक छानबिनको जरुरी व्यक्तिगत रुमपा मैले पनि देखेको छु । किनभने जुन छानविनको प्रतिवेदन प्रस्तुत भएको छ, अन्तिम बैठकमा छलफल पनि गरेका छौं,’ उनले भने, ‘त्यो वास्तवमा एउटा विवादित र त्यहाँनेर सम्बन्धित विमान कम्पनीलाई बचाउन सकभर त्यसमा निकै कोशिस गरिएको छ । यसलाई निष्पक्ष प्रतिवेदन मान्न सकिँदैन ।’

उक्त प्रतिवेदनलाई निष्पक्ष मान्न नसकिने जिकिर गर्दै उनले अहिलेसम्म नेपालमा हवाई दुर्घटनाहरु धेरै भएपनि फौजदारी मुद्दामा प्रवेश नगरेको तर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबाट नै समितिले सरकारलाई फौजदारी मुद्दामा अघि बढ्न निर्देशन दिनुपर्ने माग पनि गरे ।

‘न्यायिक छानविनको आवश्यकता छ र यो हामीले समितिबाट माग गर्नुपर्छ । अहिलेसम्म नेपालमा यति दुर्घटना भएपनि आजसम्म फौजदारी मुद्दामा प्रवेश गरेका छैनौँ । त्यसैले यसपालि यस समितिबाट सरकार भनेको हाम्रो मन्त्रालयलाई फौजदारी मुद्दामा अघि बढ्न निर्देशन दिऔँ,’ उनले भनेका छन्, ‘त्यसबाट भावी दिनमा विमान कम्पनीहरुले डराउनसक्छन् । केयरनेस गर्दा फौजदारी अभियोग लाग्नसक्छ भनेर सचेत होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?