+
+
Shares

संसदीय समितिबाट भूमि विधेयक बहुमतले पारित

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १२:४३

५ भदौ, काठमाडौं । भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ ।  प्रतिनिधि सभाको  अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको थियो । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । उनीहरुले फरक मत लेख्नका लागि समय मागेका थिए । सोहीअनुसार शुक्रबारसम्मको समय दिइएको समिति सचिवालयले जनाएको छ ।

समितिका सचिव शिवदत्त बरालका अनुसार फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुनेछ । माओवादी र रास्वपाले फरकमतसहित शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?