+
+
Shares

टाइटानिक-अवतार निर्देशकलाई न्यूजिल्याण्डले प्रदान गर्‍यो नागरिकता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्याण्डले अस्कर विजेता निर्देशक जेम्स क्यामरुनलाई नागरिकता प्रदान गरेको छ।
  • क्यामरुनले सन् २०१२ मा न्युजिल्याण्डमा अवतारका केही भागहरू छायांकन गरेपछि त्यहाँ बस्दै आएका छन्।
  • आन्तरिक मामिलामन्त्री ब्रुक भ्यान भेल्डेनले क्यामरुनलाई किवी बनेकोमा बधाई दिएका छन्।

काठमाडौं । न्यूजिल्याण्डले अस्कर विजेता निर्देशक जेम्स क्यामरुनलाई नागरिकता प्रदान गरेको छ । निर्देशक क्यामरुन टाइटानिक, अवतारजस्ता सर्वकालिन लोकप्रिय र ब्लकबस्टर फिल्मका लागि परिचित छन् ।

हलिउडका यी हेभिवेट निर्माताले बुधबार साँझ वेलिंग्टनको ते पापामा आयोजित नागरिकता समारोहमा आफ्नी श्रीमती सुजी अमिस क्यामरुनसँग सहभागिता जनाएको न्यूजिल्याण्ड हेराल्डले जनाएको छ ।

क्यामरुनका प्रवक्ताले नागरिकता प्रदान गरिएको पुष्टि गरे । क्यानडामा जन्मिएका उनले सन् २०१२ मा न्युजिल्याण्डमा अवतारका केही भागहरू छायांकन गरेपछि वैरारापामा जग्गा खरिद गरेदेखि नै बेला बेलामा बस्दै आएका छन् ।

उनी अहिले ‘अवतार’को तेस्रो श्रृंखला ‘फायर एण्ड एस’को पोस्ट-प्रोडक्सनमा काम गरिरहेका छन्, जुन यस वर्षको अन्त्यतिर रिलिज हुने तय भएको छ ।

त्यहाँका आन्तरिक मामिलामन्त्री ब्रुक भ्यान भेल्डेनले हेराल्डलाई बताएअनुसार क्यामरुनले नागरिकता पाउनु देशको लागि सकारात्मक खबर हो ।

‘हरेक वर्ष न्युजिल्याण्डलाई आफ्नो घर बनाउने विश्वभरका हजारौं मानिसहरू जस्तै, म पनि श्री क्यामरुनलाई किवी बनेकोमा बधाई दिन्छु’ भ्यान भेल्डेनले भने ।

‘मलाई लाग्छ कि न्युजिल्याण्ड संसारको सबैभन्दा राम्रो सानो देश हो र अरूले पनि त्यस्तै सोचेको सुनेर म सधैं खुसी हुन्छु र यहाँ आफ्नो जीवन निर्माण गर्न चाहन्छु ।’

सबै मन्त्रीले सर्वसम्मतरुपमा क्यामरुनको नागरिकताको पक्षमा निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?