+
+
Shares

बलात्कार मुद्दामा फरार रहेका व्यक्ति बेलायतबाट फर्किँदा विमानस्थलमा समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १७:३१
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जबरजस्ती करणी मुद्दामा फरार दीपककुमार श्रेष्ठलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ।
  • उनमाथि इन्टरपोलले सन् २०२३ जुलाई २० मा डिफ्युजन जारी गरेको थियो।
  • उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

५ भदौ, काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका-३ घर भएका दीपककुमार श्रेष्ठ रहेका छन् ।

बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई बुधबार विमानस्थलबाट पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले अनुरोध गरेको थियो ।

सोही अनुरोधको आधारमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई २० मा उनी विरूद्ध डिफ्युजन जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?