+
+
Shares

अरिङ्गालले डस्दा ७ वर्षीय बालकको मृत्यु, ५ जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १०:३३

६ भदौ, बुटवल । रोल्पाको त्रिवेणी गाउँपालिका–७ धाक्रीपानीका एक बालकको अरिङ्गालको डसाइबाट मृत्यु भएको छ । पाँच जना बिरामी परेका छन् ।

भदौ ५ गते विद्यालयबाट घर फर्कने क्रममा अरिङ्गालले डस्दा ७ वर्षीय मोहन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा रेउघा अस्पतालमा मृत्यु भएको हो ।

अन्य पाँच जनालाई थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ । रिफर गरिएकाहरूमा १४ वर्षीया सुनिता परियार, १० वर्षीय शंकर परियार, १० वर्षीया मनिषा परियार, ४ वर्षीय आशिष परियार र ८ वर्षीय कमल परियार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?