+
+
Shares

विश्वासको मत नलिनुको कारण पेस गर्न सरकारको नाममा सर्वोच्चको आदेश

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले विश्वासको मत नलिनुको कारण पेस गर्न सरकारको नाममा आदेश जारी गरेको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाले दिएको समर्थन फिर्ता लिएपछि अधिवक्ता वीरेन्द्र केसीले रिट दायर गरेका थिए।
  • संविधानको धारा १०० अनुसार समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

६ भदौ, काठमाडौं। सर्वोच्च अदालतले विश्वासको मत नलिनुको कारण पेस गर्न भन्‍दै सरकारको नाममा आदेश जारी गरेको दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

प्रधानमन्त्रीमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिवक्ता वीरेन्द्र केसीले रिट दायर गरेका थिए ।
केसीले प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे,सङ्घीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएर रिट हालेका थिए ।

साथै सर्वोच्चले अन्तरिम आदेशका लागि छलफलमा झिकाउने विपक्षीको नाममा आदेशसमेत दिएको छ ।

जसपा नेपालले २०८२ साल असार ३२ गते ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको थियो। त्यसयता प्रधानमन्त्री ओलीले विश्वासको मत लिएका छैनन् । सरकारले कुनै दलले समर्थन फिर्ता लिँदैमा विश्वासको मत लिन नपर्ने बताउँदै आएको छ ।

संविधानको धारा १०० मा विश्वास र अविश्वासको मतसम्बन्धी व्यवस्था छ । धारा ११(२) मा ’सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने’ भनिएको छ ।

त्यही धाराको उपधारा (३) मा त्यसरी पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?