+
+
Shares

मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, पुस ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते ११:५५
Listen News
0:00
0:30
🔊

२९ मंसिर, जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

उनले जनमतबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एकएक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित एकएकजना मन्त्री नियुक्त गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार आगामी पुस ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय समेत भएको छ ।

गत मङ्सिर १९ गते ६ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मङ्सिर २१ गते प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिएका थिए।  उनले तीन दलबाट तीनजना मन्त्री समेत नियुक्त गरेका थिए।

जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादवलाई अर्थमन्त्री बनेका थिए ।

काङ्ग्रेसबाट जङ्गीलाल राय यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल बिना विभागीय मन्त्री नियुक्त भएका थिए । सात दलीय गठबन्धनमा भागबण्डा नमिल्दा दुईजना मन्त्री अहिलेसम्म बिना विभागीय छन् ।

आज दुवै विनाविभागीय मन्त्रीसहित अन्य दलबाट समेत प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी मुख्यमन्त्री यादवले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?