
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री रमेश लेखकले २०५२ देखि २०८२ असारसम्म माइन र विष्फोटनमा प्रहरी र सर्वसाधारण गरी ६५१ जनाको मृत्यु भएको जानकारी दिए।
- उनले द्वन्द्वकालीन मृतकका हकदारलाई १० लाख रुपैयाँ राहत, घाइते र शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको बताए।
- टुहुरा बालबालिकालाई १८ वर्षसम्म मासिक ५ हजार र घाइते अपाङ्गलाई प्रतिशतका दरले जीवन निर्वाह भत्ता दिइँदै आएको उनले खुलाए।
६ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६५१ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
राष्ट्रिय सभामा सांसद मदनकुमार साहले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यसक्रममा २ हजार ८९९ जना घाइते भएका जानकारी दिए ।
द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको जानकारी उनले दिए ।
उनले भने, ‘द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको, घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको, टुहुरा बालबालिकाहरूका लागि १८ वर्षसम्म मासिक ५ हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका दरले मासिक रुपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिँदै आएको छ,’ उनले भने ।
गृहमन्त्री लेखकले परिपूरण सम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम नेपाल सरकारको निर्णय बमोजिम हुने गरेको जानकारी दिए ।
प्रतिक्रिया 4