
प्रतीकात्मक तस्वीर
६ भदौ, काठमाडौं । मकवानपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ तल्लो छापका २५ वर्षीय विनोद बम्जन बेपत्ता भएका हुन् ।
सोही गाउँपालिका वडा नम्बर ७ सुकौराबाट घरतर्फ आउने क्रममा उनलाई कार्की खोलाले शुक्रबार अपरान्ह बगाएको हो ।
खोलामाथि आवतजावत गर्न ह्युपाइप राखिएको भए पनि एक्कासि बाढीको बहाव बढ्न जाँदा विनोदलाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीको सक्रियतामा उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4