+
+
Shares

विश्वज्योति हल आईएनआई फ्रेन्चाइजमा गाभियो

देशभर ५ मल्टिप्लेक्स र १० पर्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइएनआईले जमलस्थित विश्वज्योति सिनेप्लेक्सलाई आफ्नो व्यवस्थापनअन्तर्गत लिएर पुनः ब्रान्डिङ गर्दै आइएनआई सिनेमाज-विश्वज्योति नाम दिने निर्णय गरेको छ।
  • विश्वज्योति सिनेप्लेक्ससँगै आइएनआई सिनेमाजले मुलुकभर ५ मल्टिप्लेक्स, १० पर्दा र १८६६ सिट संख्या पुगेको छ।
  • आइएनआईले फिल्म वितरण, मल्टिप्लेक्स डिजाइन, निर्माण र सिनेमा उपकरण आयातमा पनि संलग्न रहेको छ।

काठमाडौं । मुलुकको पुरानो र प्रतिष्ठितमध्येको फिल्म हल विश्वज्योति सिनेप्लेक्स मल्टिप्लेक्स चेन आईएनआईअन्तर्गत गाभिएको छ ।

आइएनआईले विज्ञप्ति जारी गर्दै जमलस्थित उक्त हल आफ्नो व्यवस्थापनअन्तर्गत आएको जनाएको छ ।

शुक्रबार आइएनआई सिनेमाजका तर्फबाट सीइओ एवं सह-संस्थापक गृहेन्द्र मुनाकर्मी र सीओओ एवं सह-संस्थापक सुरेन्द्रकुमार थापाले विश्वज्योतिका सीइओ रोहनसिंह सर्राफ र निर्देशक रिवाजसिंह सर्राफले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै विश्वज्योति सिनेप्लेक्सलाई पुनः ब्रान्डिङ गर्दै आइएनआई सिनेमाज- विश्वज्योति नाम दिइनेछ ।

यससँगै मुलुकभर आइएनआई सिनेमाजका ५ मल्टिप्लेक्स, १० पर्दा र १८६६ वटा सिट संख्या पुगेको छ । डिसेम्बर २०१९ मा गोंगबुको ल्होत्से हल संचालनमा ल्याउँदै फ्रेन्चाइजीको सुरुवात भएको थियो ।

अहिले गोंगबुको ल्होत्सेसहित नयाँ बानेश्वरको एनबी सेन्टर, बुटवलको क्यूबक्स, सिमरामा केएसआर मल्टिप्लेक्सन संचालनमा छन् । आइएनआई अहिले फिल्म वितरण, मल्टिप्लेक्सको डिजाइन तथा निर्माण, सिनेमा उपकरण आयातमा पनि संलग्न छ ।

आईएनआई क्यूएफएक्सपछि मुलुकको दोस्रो ठूलो मल्टिप्लेक्स चेन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?