
News Summary
Generated by OK AI. Editorially reviewed.- गतवर्षको तीज गीत 'म त ढलेँ ढलेँ'ले युट्युबमा १० करोड भ्यूज नाघेको छ।
- गीतमा खेम सेन्चुरीको संगीत, नेत्र अर्यालका शब्द र शान्तरानी परियारको स्वर छ।
- शान्तरानीले २८ वटा कार्यक्रममा सहभागी हुने अवसर पाएको र अर्को सांगीतिक कोसेली ल्याउने घोषणा गरेकी छन्।
काठमाडौं । गतवर्षको तीज गीत ‘म त ढलेँ ढलेँ’ले रिलिजको एक वर्ष बितिसक्दा पनि युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ ।
शनिबार यो गीतको भ्यूज १० करोड नाघेको छ ।
गीतमा खेम सेन्चुरीको संगीत, नेत्र अर्यालका शब्द र शान्तरानी परियारको स्वर छ । अस्ट्रेलियाको सांगीतिक टूरमा रहेका संगीतकार सेन्चुरी र गायिका परियारले दर्शकलाई यो उपलब्धिको लागि धन्यवाद दिएका छन् ।
यो एउटा गीतले नै शान्तरानीलाई लोक तथा दोहोरी फाँटमा स्थापित गर्यो । यो गीतको कारण आफूले २८ वटा कार्यक्रममा सहभागी हुने अवसर पाएको परियारले उल्लेख गरेकी छन् ।
अब उनले अर्को सांगीतिक कोसेली ल्याउने घोषणा पनि गरेकी छन् । यसैसाता अस्ट्रेलियाका विभिन्न स्थानमा आयोजना भएका तीज कार्यक्रममा पनि शान्तरानीले यही गीतमा प्रस्तुति दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4