News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर ल्युबिका केकमान पोखरा निन्जासको विदेशी खेलाडी भएर काठमाडौं आइपुगेकी छन्।
- केकमानले टर्की, फ्रान्स, ग्रीस, पोल्याण्ड, जर्मनी र रोमानियाका शीर्ष लिगमा खेलिसकेकी छन्।
- वात्सल्य एभरेष्ट महिला भलिबल लिग भाद्र २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुनेछ।
७ भदौ, काठमाडौं । सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर ल्युबिका केकमान एभरेस्ट महिला भलिबल लिग खेल्न काठमाडौं आइपुगेकी छन्।
उनी पोखरा निन्जासको विदेशी खेलाडी हुन्। क्लबले उनलाई सिधै काठमाडौं ल्याएपछि नै औपचारिक अनुबन्धको घोषणा गरेको हो । उनी यस सिजनका लागि नेपाल आउने पहिलो विदेशी खेलाडी हुन् ।
केकमानले यसअघि टर्की, फ्रान्स (लिग र कप), ग्रीस, पोल्याण्ड, जर्मन बुन्डेसलिगा, रोमानिया लगायतका शीर्ष लिगमा खेलिसकेकी छन्।
साथै, उनी सर्वियाको यू–२० र यू–२१ राष्ट्रिय टिमबाट समेत खेलिसकेकी पूर्व खेलाडी हुन्।
इडब्लुभीमा नयाँ टोली पोखरा निन्जाजको मार्की प्लेयरमा प्रगति नाथ छन् भने मुख्य प्रशिक्षकमा रुपेश विष्ट छन् ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता दोस्रो सस्करणको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’ आगामी भाद्र २० देखि २८ गते सम्म पोखरामा हुनेछ ।
प्रतिक्रिया 4