
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनमा स्क्रब टाइफसबाट एक ३६ वर्षीया महिलाको मृत्यु भएको छ।
- भरतपुर अस्पतालमा भदौ ४ गते भर्ना भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
- चितवनमा ७३ जनामा स्क्रब टाइफस देखिएको छ र १५३० जनाको परीक्षण गरिएको छ।
७ भदौ, चितवन । चितवनमा स्क्रब टाइफसबाट शनिबार एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् ।
यसैबीच, यहाँस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ ।
चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4