+
+
Shares

‘माग्ने राजा’को दोस्रो श्रृंखला ‘माग्ने महाराज’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘माग्ने राजा’को दोस्रो श्रृंखला ‘माग्ने महाराज’को टाइटल राखिएको छ र रिजोलुसन पार्टमार्फत यसको घोषणा गरिएको छ।
  • ‘माग्ने राजा’को कथावस्तु ऋणले थिचिएको पात्रमार्फत सामाजिक र राजनीतिक टिप्पणी गर्दै नयाँ र स्वतन्त्र दलको पक्षमा छ।
  • निर्देशक ऋषि लामिछाने निर्देशित फिल्मले शुक्रबार र शनिबार घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेको छ।

काठमाडौं । फिल्म ‘माग्ने राजा’को दोस्रो श्रृंखलाको टाइटल ‘माग्ने महाराज’ राखिएको छ । निर्माताले ‘माग्ने राजा’को रिजोलुसन पार्टमार्फत दोस्रो श्रृंखला बन्ने जनाएका हुन् ।

‘ओपन इन्डिङ’ फिल्मको रिजोलुसन दृश्यमा केदार घिमिरे र वर्षा सिवाकोटीलाई विवाहित जोडी र सन्तान लाभ गरेको देखाइएको छ । केदारले सोही क्रममा ‘माग्ने महाराज’ भन्छन् र फिल्म सकिन्छ ।

तेस्रो श्रृंखलामा पनि फिल्मको कथावस्तु यही लिगेसीमा अघि बढ्ने देखिन्छ । ‘माग्ने राजा’ ऋणले थिचिएको पात्रमार्फत निर्देशकले भन्ने सामाजिक र राजनीतिक टिप्पणी हो ।

घरेलु राजनीतिमा नयाँ र स्वतन्त्र दल र उम्मेदवारको पक्षमा टिप्पणी गर्दै फिल्मले पात्रमार्फत दलीय बेथितीविरुद्ध आक्रोश पोख्छ । ऋषि लामिछाने निर्देशित फिल्मले शुक्रबार र शनिबार घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?