+

इंग्लिस प्रिमियर लिगमा आर्सनलको फराकिलो जित

२०८२ भदौ  ८ गते ७:३९ २०८२ भदौ ८ गते ७:३९
इंग्लिस प्रिमियर लिगमा आर्सनलको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा आर्सनलले लिड्स युनाइटेडलाई ५-० ले हराएको छ।
  • आर्सनलका जुरियन टिम्बर र भिक्टर ग्योकेरेसले २-२ गोल गरे भने बुकायो साकाले १ गोल गरे।
  • जितपछि आर्सनलले नयाँ सिजनमा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ ।

८ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले लिड्स युनाइटेडलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

शनिवार राती घरेलु मैदान एमरिेट्स स्टेडियममा भएको खेलमा आर्सनलको जितमा जुरियन टिम्बर र भिक्टर ग्योकेरेसले २-२ गोल गर्दा बुकायो साकाले १ गोल गरे । पहिलो हाफमा २ गोल गरेको आर्सनलले दोस्रो हाफमा ३ गोल थप्यो ।

३४औं मिनेटमा टिम्बरले गोल गर्दै अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा साकाले गोल गर्दै पहिलो २-० को अग्रता दिलाए ।

४८औं मिनेटमा ग्योकेरेसले गोल गरे भने ५६औं मिनेटमा टिम्बरले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनल ४-० ले अगाडि बढ्यो ।

इन्जुरी समयमा ग्योकेरेसले पनि व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई फराकिलो जित दिलाए ।

नयाँ सिजन लगातार दोस्रो जित हात पारेको आर्सनल दुई खेलबाट ६ अंक जोडेर अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । टोटनहमको पनि समान ६ अंक भएपनि गोल अन्तरमा आर्सनल शीर्ष स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय