+
+
Shares

‘हिमालय रोडिज’को सातौं सिजन १६ भदौदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालय रोडिज सातौं सिजन भदौ १६ गतेदेखि हिमालय टिभीमा प्रसारण हुने भएको छ।
  • डान्सर र पर्वतारोही कविता नेपाली ग्याङ लिडरको रुपमा नयाँ सिजनमा प्रवेश भएकी छन्।
  • होस्टको रुपमा रेमनदास श्रेष्ठ रहने र सिमोस सुनुवारले निर्देशन गर्ने कार्यक्रम एड्भेन्चर रियालिटी शो हो।

काठमाडौं । ‘हिमालय रोडिज’ सातौं सिजनको प्रसारण भदौ १६ गतेदेखि हुने भएको छ । दर्शकमाझ ब्यापक पर्खाइ रहेको यो एड्भेन्चर रियालिटी शोमा प्रतिस्पर्धीले साहसिक क्षमता प्रस्तुत गर्नेछन् ।

१८ सिजनसम्म प्रसारण हुने नयाँ सिजनमा ग्याङ लिडरको रुपमा डान्सर र पर्वतारोही कविता नेपालीको प्रवेश भएको छ ।

अनुपविक्रम शाही, प्रियंका कार्की र आशिष राना ‘ग्याङ लिडर’को रुपमा निरन्तर छन् । अघिल्लो सिजनकी निर्णायक दीया मास्केको ठाउँमा दर्शकले कवितालाई देख्न पाउनेछन् ।

होस्टको रुपमा रेमनदास श्रेष्ठ छन् । सिमोस सुनुवारले निर्देशन गर्ने यो कार्यक्रम हिमालय टिभीमा प्रसारण हुन्छ । शोका अघिल्ला सिजनले एड्भेन्चर रुचाउने दर्शकमाझ लोकप्रियता कमाएका छन् ।

हिमालय टिभीमा अहिले ‘शार्क ट्यांक नेपाल’ प्रसारण भैरहेको छ । ‘भ्वाइस अफ नेपाल’को सातौं सिजन पनि आउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?