+

फुलहमसँग बराबरीमा रोकियो म्यानचेष्टर युनाइटेड

२०८२ भदौ  ९ गते ८:३३ २०८२ भदौ ९ गते ८:३३
फुलहमसँग बराबरीमा रोकियो म्यानचेष्टर युनाइटेड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रिमियर लिग अन्तर्गत आइतबार राति म्यानचेष्टर युनाइटेड र फुलहमबीचको खेल १-१ को बराबरीमा रोकिएको छ।
  • फुलहमका रोड्रिगो मुनिजले ५८औं मिनेटमा आत्मघाती गोल गर्दा युनाइटेडले अग्रता लिएको थियो।
  • एमिल स्मिथ रोवले ७३औं मिनेटमा फुलहमका लागि बराबरी गोल फर्काए ।

९ भदौ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको खेलमा म्यानचेष्टर युनाइटेड फुलहमसँग १-१ को बराबरीमा रोकिएको छ ।

आत्मघाती गोलको सहयोगमा अग्रता लिएको युनाइटेडले त्यसपछि गोल खाँदा अंक बाँडेको हो ।

फुलहमको मैदानमा भएको खेलमा फुलहमै रोड्रिगो मुनिजले ५८औं मिनेटमा आत्मघाती गोल गर्दा युनाइटेडले पहिले अग्रता लिएको थियो ।

तर एमिल स्मिथ रोवले ७३औं मिनेटमा फुलहमका लागि बराबरी गोल फर्काए ।

त्यसअघि युनाइटेडले ३८औं मिनेटमा पेनाल्टी पाएपनि कप्तान ब्रुनो फर्नान्डेजले गोल गर्न नसक्दा युनाइटेडले अग्रता लिने अवसर गुमाएको थियो । जुन युनाइटेडका लागि महंगो सावित भयो ।

दुई खेलबाट १ अंक जोडेको युनाइटेड १६औं स्थानमा छ ।

यस्तै एभरटनले आफ्नो नयाँ घरेलु मैदानमा विजयी सुरुवात गरेको छ । हिल डिकसन स्टेडियममा भएको खेलमा एभरटनले ब्राइटनलाई २-० ले पराजित गरेको हो । एभरटनका लागि इलिमान एनडियाएले २३औं र जेम्स गार्नरले ५२औं मिनेटमा गोल गरे ।

पहिलो जितपछि दुई खेलबाट ३ अंक जोडेको एभरटन आठौं स्थानमा उक्लेको छ

 

प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय