
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।
- विप्लव निवास हरिसिद्धी भएको भेटमा समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको थियो।
- साउन १६ देखि १९ गतेसम्म बसेको माओवादी केन्द्र स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउन समिति गठन गर्ने निर्णय गरेको थियो।
९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि प्रचण्ड विप्लव निवास हरिसिद्धी पुगेका थिए ।
उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको थियो ।
गत साउन १६ गतेदेखि १९ गतेसम्म बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउन समिति बनाउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4