+
+
Shares

‘मिस्टर एन्ड मिस इस्टपोल’को उपाधि नुर र विदुषीलाई

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुर दाहाल र विदुषी शाहले मिस्टर एण्ड मिस इस्टपोल २०८२ को पुरुष र महिला संस्करणको उपाधि जितेका छन्।
  • फस्ट रनरअपले ६ महिनाको छात्रवृत्ति र सेकेण्ड रनरअपले ३ महिनाको छात्रवृत्ति पाएका छन्।
  • प्रतियोगितामा पब्लिक च्वाइस र भ्युअर्स च्वाइस विनरलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ पुरस्कार दिइएको छ।

काठमाडौं । ‘मिस्टर एण्ड मिस इस्टपोल २०८२’को उपाधि नुर दाहाल र विदुषी शाहले जितेका छन् । दाहालले पुरुष र शाहले महिलाको तर्फको संस्करण जिते ।

विजेता दुवैले एक वर्षको छात्रवृत्तिसँगै विभिन्न पुरस्कार जितेका छन् ।
प्रतियोगितामा मिस्टरतर्फ डेरियस महतो र मिसतर्फ छोंगी लामा फस्ट रनरअप, मिस्टरतर्फ ह्यान्सन लामा र मिसतर्फ बियांका रोशन पौडेल सेकेण्ड रनरअप घोषित भए ।

फस्ट रनरअपले ६ महिनाको छात्रवृत्ति र सेकेण्ड रनरअपले ३ महिनाको छात्रवृत्ति पाए । मिस्टरतर्फ नमन्य लोप्चन र मिसतर्फ कृशा राउत ‘पब्लिक च्वाइस विनर’ र मिस्टरतर्फ डेसमण्ड घिसिङ र मिसतर्फ लछेन घिसिङ ‘भ्युअर्स च्वाइस विनर’ घोषित भए ।

पब्लिक च्वाइस विनर विजेताले १० हजार रुपैंयाँ र भ्युअर्स च्वाइस विनरले ५ हजार रुपैंयाँ जितेका छन् ।

अभिनेत्री भुवन चन्द प्रमुख निर्णायक रहेको प्रतियोगितामा मोटिभेसनल स्पिकर अशोक दाहाल, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ, गायक लाक्पा शेर्पा, नेसनल चाइल्ड राइट्स काउन्सिलका अध्यक्ष बमबहादुर बानियाँ, लेखक भीष्मराज फुलारा र पत्रकार करन तामाङ निर्णायक थिए ।

कार्यक्रममा नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ, टेलिफिल्म लेखक तथा निर्देशक दिवाकर भण्डारी ‘बिचारी काका’ र न्यू लाइफ नेपालका संस्थापक अध्यक्ष राजेन्द्रकुमार खनाललाई सम्मान गरिएको थियो ।

प्रतियोगिता संयोजक कलाकार छिरिङ शेर्पाले विद्यार्थीको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने अवसर सिर्जना गर्न प्रतियोगिता आयोजना गरिएको बताइन् ।

राष्ट्रिय सभाका सदस्य बिष्णु पुडासैनीले यस्ता कार्यक्रमले नयाँ पुस्तामा सकारात्मक सोच जगाउने मात्र नभई उनीहरूलाई सफल भविष्यतर्फ अघि बढ्न मार्गदर्शन गर्ने शक्ति दिने बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?