+
+
Shares

पाेखरामा बस दुर्घटना : उद्धारमा वडाध्यक्षको तदारुकताले टर्‍यो ठूलाे क्षति

२१ जना घाइतेमा ११ जनाकाे उपचार हुँदै 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा महानगरपालिका-१३ मा ग १ ख ४०२७ नम्बरको बस ब्रेक फ्रेल भएर दुर्घटनामा परेको छ।
  • दुर्घटनामा २३ जना घाइते भएका छन् र १२ जनाको प्राथमिक उपचारपछि डिस्चार्ज भइसकेको छ।
  • पाेखरा-१३ वडाध्यक्ष किरण बरालले घाइतेलाई तत्कालै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउन नेतृत्व गरेका थिए।

९ भदाै, पाेखरा । पाेखरा महानगरपालिका- १३ मा बस दुर्घटना भएकाे छ । पाेखरा महानगरपालिका-१३ आर्बाबाट महेन्द्रपुलतर्फ आउँदै गरेकाे ग १ ख ४०२७ नम्बरकाे बस ब्रेक फ्रेल भएर दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा २३ जना घाइते भएका छन् । उनीहरू सबैलाई पाेखरा-१३ वडाध्यक्ष किरण बरालले तत्कालै आफ्नै गाडी र २ वटा एम्बुलेन्स ब्यवस्था गरेर पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएका थिए ।

जसमध्ये सामान्य घाइते १२ जनाकाे प्राथमिक उपचारपछि डिस्चार्ज भइरहेका छन् भने १० जनाकाे उपचार भइरहेकाे छ ।

स्थानीयका अनुसार वडाध्यक्ष बरालले तत्कालै स्वास्थ्य संस्थामा उपचारका लागि पुर्‍याउन नेतृत्व लिँदा ठूलाे क्षति हुन पाएन ।

बस अनियन्त्रित भएर दुर्घटना भएकाे र ४ जनाकाे अवस्था मध्यम रहेकाे कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?