
News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटको ईशनाथ नगरपालिका-४ मठियाबाट सशस्त्र प्रहरी बलले ७ सय ४५ किलो सुर्तीजन्य पदार्थ बरामद गरेको छ।
- बरामद गरिएको सुर्तीजन्य पदार्थको मूल्य ३ लाख ६२ हजार ७५० रुपैयाँ रहेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।
- सुर्तीजन्य पदार्थ स्थानीय रामसिंह चनौको भट्टी पसल नजिकै दशगजाबाट करिब २ सय मिटर पूर्व चुमन मियाको धानखेतमा लुकाएर राखिएको थियो।
९ भदौ, रौतहट । रौतहटमा सशस्त्र प्रहरी बलले ३ लाख भन्दा बढीको भन्सार छलेर भित्र्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।
रौतहटको ईशनाथ नगरपालिका- ४ मठियाबाट प्रहरीले सुर्ती बरामद गरेको हो । स्थानीय रामसिंह चनौको भट्टी पसल नजिकै अवैध रूपमा भण्डारण गरिएको सुर्ती बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतको कमाण्डमा र बोर्डर आउट पोस्ट औरैयाका सशस्त्र प्रहरी निरीक्षक खेमराज जोशीको टोलीले आइतबार राति गरेको जाँचमा उक्त सामान फेला परेको हो ।
दशगजाबाट करिब २ सय मिटर पूर्व, चुमन मियाको धानखेतमा ३० वटा बोरामा लुकाएर राखिएको ७ सय ४५ किलो सुर्ती तथा सुर्तीजन्य पदार्थ बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।
बरामद भएको सामानको अनुमानित मूल्य ३ लाख ६२ हजार ७५० रुपैयाँ रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । बरामद गरिएको सुर्ती आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4