+
+
Shares

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंग २ महिला र १ पुरुषमा प्रत्यारोपण

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १९:२२
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो प्रत्यारोपण गराएका काठमाडौंका ३८ वर्षीय पुरुष ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको छ।
  • गत साउन ३० गते ललितपुरको सुमेरु सिटी अस्पतालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्राप्त भएको राष्ट्रिय प्रत्यारोपण केन्द्रले जानकारी दिएको छ।
  • यो प्रत्यारोपण सातौँ हो र कलेजो प्रत्यारोपण गरिएको ३८ वर्षीय पुरुष डिस्चार्ज भइसकेका छन् भने मिर्गौला प्रत्यारोपण गरिएका दुवै महिला स्वास्थ्यलाभ गरिरहेका छन्।

९ भदौ, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएर कलेजो र मिर्गौला प्रत्यारोपण भएको छ ।

गत साउन ३० गते ललितपुरको सुमेरु सिटी अस्पतालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्राप्त भएको राष्ट्रिय प्रत्यारोपण केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएर दुई जनामा मिर्गाैला र एक जनामा कलेजो प्रत्यारोण गरिएको हो ।

नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग लिएर प्रत्यारोपण गरिएको यो सातौँ रहेको डा.श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका ३८ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको थियो । उनी ९ दिनपछि आज डिस्चार्ज भएका छन्।

मिर्गाैला प्राप्त गर्नेमा सिन्धुलीकी ३२ वर्षीया महिला र प्यूठानकी ६१ वर्षीया महिला रहेको श्रेष्ठले जानकारी दिए ।

मिर्गाैला प्रत्यारोपण गरिएका दुवै जना स्वास्थ्यलाभ गरिरहेको र छिट्टै डिस्चार्ज हुने उनले बताए ।

गत जेठ १ गते यसै केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गाैला एकै व्यक्तिमा सफल प्रत्यारोपण गरिएको थियो ।

मस्तिष्क मृत्युपछिको अंगदानबारे व्यक्तिहरू सचेत हुँदै गएकाले यसले गति लिन थालेको प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठले बताए ।

‘मृत्यु भएपछि उस्तै जलेर खरानी हुने अंगले कसैले नयाँ जीवन पाउँछ भन्ने कुरामा समुदायमा सचेतता फैलिँदैछ’ डा.श्रेष्ठले भने, ‘आगामी दिनमा यसले अझै गति लिन्छ भन्ने विश्वास छ ।’

केन्द्रमा पहिलो पटक २०७४ वैशाख २८ गते मस्तिष्क मृत व्यक्तिको अंग लिएर प्रत्यारोपण गरिएको थियो ।

त्यसपछि हालसम्म मस्तिष्कमृत्यु भएका ७ जना व्यक्तिबाट अंग लिएर १३ जनामा मिर्गाैला र ५ जनामा कलेजो प्रत्यारोपण गरिएको छ ।

डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा कलेजो तथा मृगौला प्रत्यारोपण भएको हो । कलेजो प्रत्यारोपणमा डा.रोशन घिमिरेसहितको टोली स्रलग्न थियो । मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा रुपेश कुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी, डा. विकास खड्का, डा. लोचन श्रेष्ठ, डा. विक्किन डंगोल लगायत संलग्न थिए ।

एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा, डा. रेखा श्रेष्ठ, डा.शिव सुन्दर राजचल लगायतले सहयोग गरेका थिए ।

नेफ्रोलोजी विभागबाट डा.कल्पना कुमारी श्रेष्ठ, डा.लुसन सिंह, डा.सुमित आचार्य, डा.विक्रम वीर बज्राचार्य, डा. रुवश नाथ योगी, डा. सन्तोष कार्की थिए।

रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा. हितेश रायमाझी डा.सुधिर जोशी, प्याथोलोजिस्ट डा. सोनालि मिश्र, ल्याब टेक्नोलोजिस्ट विन्दिरा जोशी, ट्रान्सपलान्ट कोर्डिनेटर तारा साँध, सरु कोजु, बन्दना खत्री, डा. निरु शर्मा, डा.नेहा सिंह फिजियोथेरापिस्ट सोनी सिखवालले सघाएका थिए ।

नि.नर्सिङ निर्देशक पुजा कोइरालाको नेतृत्वमा नर्सिङ इन्चार्जहरू, बबिता लवजु, एलिसा श्रेष्ठ, निरु सुवाल, अनिता कार्की, मीना खर्वुजा, मन्जु भट्टराई सनिषा कार्कीले नर्सिङ व्यवस्थापन तथा बिरामीको उपचारका लागि आवश्यक व्यवस्था मिलाएका थिए ।

मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गर्नका लागि सुमेरु सिटी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. निरोज हिराचन, पोष्टमार्टम विशेषज्ञ डा. आहना श्रेष्ठ, लगायत र अस्पताल प्रशासनले सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?