
१० भदौ, काठमाडौं । विद्युतीय गाडी (ईभी) ब्रान्ड दिपलले ‘नाडा अटो शो २०२५’ मा बम्पर बुकिङको रेकर्ड राखेको छ ।
दिपाले नयाँ एसयूभी ‘एस०५’ नाडा अटो शोमै सार्वजनिक गरेको थियो । यो एसयूभीले सार्वजनिक भएपछि नेपाली अटो बजारमा नयाँ तरंग सिर्जना भएको छ ।
आकर्षक डिजाइन, अत्याधुनिक फिचर र प्रतिस्पर्धी मूल्यसाथ प्रस्तुत गरिएको एस०५ नाडा अटो शोमा ५ सय ४८ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ ।
यो उत्साहजनक बुकिङले दिपल ब्रान्डप्रतिको ग्राहकको विश्वास र आकर्षण स्पष्ट देखिएको दिपलको नेपालका लागि अधिकृत विक्रेता एमएडब्लू वृद्धि अटोकर्पको भनाइ छ ।
कम्पनीका अनुसार नयाँ एस०५ ले कम्पनीको उत्पादन लाइनअपलाई थप मजबुत बनाएको र ग्राहकबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले बजारमा यसको सफल भविष्यको संकेत गरेको छ ।
दिपल एस०५ को मूल्य र विशेषता
यस वर्षको नाडा अटो शोको मुख्य आकर्षणमध्ये एक बनेको दिपल एस०५ एक फिचर लोडेड कम्प्याक्ट एसयूभी हो । ४८ लाख ९९ हजार रुपैयाँको आकर्षक मूल्यमा सार्वजनिक गरिएको यस गाडीको अधिकतम भेरिएन्टलाई ५८ लाख रुपैयाँसम्म पर्छ ।
एक पटकको फुल चार्जमा नेपाली सडकमा ४ सय ५ किलोमिटरको प्रभावशाली रेन्ज दिने यो गाडीमा ५६.१ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ ।
यसको विशेषता यतिमै सीमित छैन । गाडीमा पार्किङ एसिस्ट, मेमोरी सिट, हिटिङ र कुलिङ दुवै सुविधा भएको सिट र हेड–अप डिस्प्ले जस्ता प्रिमियम फिचर छन्, जसले ड्राइभिङलाई आरामदायी र सुरक्षित बनाउने कम्पनीको दाबी छ ।
नेपाली बाटोको अवस्था ध्यानमा राख्दै यसमा १८० एमएम को ग्राउन्ड क्लियरेन्स दिइएको छ । साथै, ४ सय ९२ लिटरको विशाल बुट स्पेस र १ सय ५९ लिटरको फ्रंक (अगाडिको डिक्की) स्पेसले यसलाई पारिवारिक यात्राका लागि निकै व्यावहारिक बनाएको कम्पनीको भनाइ छ ।
‘दिपल एस०७’
दिपलको ‘एस०७’ यो प्रिमियम एसयूभी दुई भेरिएन्टमा उपलब्ध छ । नाडा अटो शोमा यो ६१ युनिट बुकिङ भएको एमएडब्लू वृद्धि अटोकर्पले जनाएको छ ।
कम्पनीका अनुसार यसको सुरुवाती मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने लामो रेन्ज दिने भेरिएन्टको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ पर्छ ।
नाडा अटो शोका अवसरमा यसको खरिदमा कम्पनीले ५ वर्षको औनरसिप अफर र आकर्षक पे–ब्याक योजना ल्याएको थियो ।
प्रतिक्रिया 4