+
+
Shares
बलिउड :

योगी आदित्यनाथको बायोपिक फिल्मलाई अदालतबाट प्रदर्शन अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुम्बई उच्च अदालतले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जीवनीमा आधारित फिल्म 'अजय ः द अनटोल्ड स्टोरी अफ अ योगी'लाई कुनै कटौती बिना रिलिजको अनुमति दिएको छ।
  • अदालतले फिल्ममा अश्लीलता वा मुख्यमन्त्रीको छवि बिगार्ने कुनै दृश्य नभएको उल्लेख गर्दै सीबीएफसीलाई पास गर्न निर्देशन दिएको छ।
  • फिल्मले योगी आदित्यनाथको बाल्यकालदेखि मुख्यमन्त्री बन्नेसम्मको संघर्ष र राजनीति, धर्म तथा समाजको बदलिँदो समीकरण देखाउनेछ।

मुम्बई । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जीवनीमा आधारित फिल्म ’अजय ः द अनटोल्ड स्टोरी अफ अ योगी’लाई मुम्बई उच्च अदालतबाट रिलिजको लागि अनुमति मिलेको छ ।

सोमबार अदालतले केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी)लाई फिल्मलाई कुनै पनि कटौती वा परिवर्तन बिना रिलिजको लागि पास गर्न निर्देशन दिएको छ ।

बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेपछि, फिल्मका निर्माता अदालत पुगेका थिए । यस्तो अवस्थामा, अदालत आफैंले अगस्ट २१ मा फिल्म हेरेपछि फिल्ममा आपत्तिजनक कुरा केही नरहेको जनाएको हो ।

यद्यपि, सुनुवाइको क्रममा, बोर्डका वकिल राम आप्टेले अदालतलाई फिल्ममा केही अश्लील दृश्य रहेको र यसले मुख्यमन्त्री आदित्यनाथको छविलाई हानि पुर्‍याउन सक्ने बताए ।

यस्तो अवस्थामा, अदालतले फिल्ममा न त कुनै अश्लीलता छ न त मुख्यमन्त्रीको छवि बिगार्ने कुनै दृश्य छ भन्दै पास गर्न आदेश दिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

‘हामीले गुनासो गरिएका प्रत्येक दृश्यलाई ध्यानपूर्वक हेर्यौं, तर फिल्ममा केही गलत भेटेनौं’ अदालतले भनेको छ ।

अदालतले थप सुझाव समेत दिएको छ । जसमा सेन्सर बोर्डले चोहमा यो कथा पूर्णतया कल्पनामा आधारित छ भनेर फिल्ममा लेख्न सक्छ । निवेदकहरूले अदालतलाई नयाँ डिस्क्लेर दिएका छन्, जसलाई अदालतले स्वीकार गर्दै फिल्ममा थप्न भनेको छ ।

सीबीएफसीले फिल्ममा २९ ठाउँमा कटौतीको लागि अनुरोध गरेको थियो । त्यसपछि यसको संशोधन समितिले यो संख्या घटाएर २१ गर्‍यो । तर निर्माता यस निर्णयसँग सहमत भएनन्, त्यसैले उनीहरूले अदालतको ढोका ढकढक्याए ।

यो फिल्म शान्तनु गुप्ताको पुस्तक ’द मंक हू बिकेम चिफ मिनिस्टर’ बाट प्रेरित छ, जुन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जीवनमा आधारित छ ।

यो फिल्मले योगी आदित्यनाथको बाल्यकालदेखि मुख्यमन्त्री बन्ने समयसम्मको संघर्ष देखाउनेछ । यो बायोपिकले दर्शकलाई राजनीति, धर्म र समाजको बदलिँदो समीकरणसँग पनि परिचित गराउनेछ जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?