
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश सरकारले पत्रकारको विरोधपछि \'कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१\' माथि थप छलफल गर्न तयार भएको छ।
- नेपाल पत्रकार महासंघ कोशी प्रदेशले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ।
- मुख्यमन्त्री कार्कीले विधेयकका विषयमा सरोकारवाला र दलहरूसँग छलफल गरेर अगाडि बढ्ने र विधेयक पास हुन केही समय लाग्ने जानकारी दिएका छन्।
१० साउन, विराटनगर । पत्रकारको विरोधपछि कोशी प्रदेश सरकार‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ माथि थप छलफल गर्न तयार भएकाे छ ।
संविधानको मर्म विपरितका प्रावधानसहित विधेयक पास गर्ने तयारी भएपछि पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ ।
आन्दोलनको घाषित कार्यक्रम अन्तरगत मंगलबार नेपाल पत्रकार महासंघ कोशी प्रदेशले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञानपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आमसञ्चार विधेयकका विषयमा थप छलफल गर्न तयार रहेको बताएका हुन् ।
संसदभित्र प्रवेश गरिसकेका कारण सरकारको मात्रै विषय नभएको बताउँदै उनले सरोकारवाला र दलहरूसँग छलफल गरेर अगाडि बढ्ने बताए ।
विधेयकका विषयमा प्रस्तुत भएका असहमतिका विषयलाई छलफलका माध्यमबाट समाधान गर्न प्रयत्न गरिने उनले बताए ।
पत्रकारसँग जोडिएका संघसंस्थाको चासो र सरोकार गम्भीरतापूर्वक आएकाले थप छलफल गर्ने बताउँदै उनले विधेयक पास हुनका लागि अब केही समय लाग्ने जानकारी दिए ।
प्रतिक्रिया 4