+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
७४ बलमा १२३ रन आवश्यक
चितवन राइनोज 2025
47/3 (7.4)
Shares

‘करेन्ट पोइन्ट’ को तेस्रो शाखा शंखमुलमा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १३:४२

काठमाडौं । नेपाली बजारमा आफ्नो स्वादिलो र चटपटे नुडल्सका लागि छुट्टै पहिचान बनाएको ‘करेन्ट नुडल्स’ को उत्पादक यसोदा फुड्सले आफ्नो सफल ‘करेन्ट पोइन्ट’ आउटलेटको तेस्रो शाखा काठमाडौं शंखमुलमा बिगमार्ट नजिकै सञ्चालनमा ल्याएको छ ।

बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटहरूको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै हरितालिका तीजको दर खाने दिन यसोदा फुड्सले यो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।

करेन्ट पोइन्टको यो नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । विशेषगरी, यहाँ ग्राहकहरूले नुजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स र चिज पकेट जस्ता नयाँ र आकर्षक परिकारहरूको स्वाद लिन पाउनेछन् ।

साथै, ग्राहकहरूले आफ्नो रुचि अनुसारको मसला र स्वाद पनि रोज्न सक्ने कम्पनीले जनाएको छ ।

विशेष गरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलिसियस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

करेन्टका पारखीहरूले अब शंखमुलमा रहेको करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मजा लिन सक्नेछन् ।

समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवल र अनामनगरमा करेन्ट पोइन्टले पाएको अपार माया र सफलताले आफूहरूलाई काठमाडौंमा थप विस्तारका लागि उत्साहित बनाएको बताए ।

उनले भने, ‘काठमाडौंका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि शंखमुललाई पनि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो। हामी आशा गर्दछौं, हाम्रो यो नयाँ यात्राले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अझ नयाँ उचाइमा पूरा गर्नेछ ।’

उक्त उद्घाटन समारोहमा यसोदा फुड्सका ग्लोबल सिइओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा विस्तृत जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?