+
+
Shares

जनताले माओवादीलाई विश्वास नगरे देश बँच्दैन : प्रचण्ड

‘चुरो कुरा नढाँटीकन भन्दा माओवादीलाई जनताले विश्वास गरेन भने यो देश दुर्घटनामा पर्छ भन्ने मलाई लाग्छ । बँच्दैन, बच्दैन । धेरै ठूलो अप्ठेरोमा जान्छ,’ प्रचण्डले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने दाबी गरेका छन्।
  • प्रचण्डले माओवादीले सरकारमा रहेर राम्रा बाहेकका काम नगरेको उल्लेख गरेका छन्।
  • उनले नेपाली काँग्रेस र नेकपा एमाले भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै वर्तमान सरकार डरबाट बनेको बताए।

११ भदौ, काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद, २०८२’ कार्यक्रममा प्रचण्डले जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने दाबी गरेका हुन् ।

उनले माओवादीले सरकारमा रहेर राम्रा बाहेकका काम नगरेको उनको जिकिर छ ।

‘चुरो कुरा नढाँटीकन भन्दा माओवादीलाई जनताले विश्वास गरेन भने यो देश दुर्घटनामा पर्छ भन्ने मलाई लाग्छ । बँच्दैन, बच्दैन । धेरै ठूलो अप्ठेरोमा जान्छ,’ प्रचण्डले भने ।

उनले नेपाली काँग्रेस र नेकपा एमाले भ्रष्टाचारमा लिप्त आरोप लगाउँदै वर्तमान सरकार डरबाट बनेको तर्क गरे ।

उनले भने ‘माओवादीको पहिलो सरकार, दोस्रो सरकार, तेस्रो सरकार हुँदा राम्रो बाहेक कुनै नराम्रो काम गरेकै छैन भन्नेकुरा बिर्सिएर काँग्रेस र एमाले जो भ्रष्टाचारमा लिप्त छन्, भ्रष्टाचारीलाई बचाउनै बनाएका हुन् त्यो सरकार । मैले त खुलेआम भनेको छु नि । सदनमै भनेको छु । यो सरकार डरबाट बनेको हो ।’

‘अब आफू पनि पर्ने बेला आउनै लाग्यो भन्ने लागेपछि त्यसो भएर बनेको सरकार हो यो । यो सुशासन दिन बनेको सरकार हो र अनि यसले सुशासनको आशा गर्नु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?