+
+
Shares

रेड नोटिस जारी भएका व्यक्तिलाई कुबेतबाट नेपाल ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १७:२९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानव बेचबिखन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी फरार प्रतिवादी कृष्ण सुनार कुवेतबाट पक्राउ परेर नेपाल फिर्ता ल्याइएको छ।
  • एनसीबी कुवेतको समन्वयमा पक्राउ परेका सुनारलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।
  • उनलाई २५ चैत २०८१ मा अन्तर्राष्ट्रिय खोजतलासका लागि रेड नोटिस जारी गरिएको थियो।

११ भदौ, काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका–२ सप्तरी समाझिंघा बस्ने कृष्ण सुनार हुन् । नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न बुधबार बिहान नेपाल फिर्ता ल्याइएको हो ।

उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २५ चैत २०८१ मा रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?