+
+
Shares

कृष्ण पाण्डेयद्वारा उल्टो टाइपिङमा दोस्रो गिनिज वर्ल्ड रेकर्ड बनाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १८:४४

काठमाडौं । अमेरिकाको टेक्सासमा बसोबास गर्ने पूर्व विश्व कीर्तिमानी नेपाली कृष्ण पाण्डेयले आफ्नो नाममा दोस्रो गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने ऐतिहासिक तयारी थालेका छन् । उनले ‘५० शब्द उल्टो सोलिड गर्ने सबैभन्दा छिटो’ शीर्षकमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यो महत्त्वपूर्ण कीर्तिमानी प्रयासको औपचारिक घोषणा गर्न अगस्ट २५ का दिन एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका, टेक्सास च्याप्टर र नेपलिज सोसाइटी अफ टेक्सासको संयुक्त आयोजनामा ड्यालसस्थित एनसीएससी परिसरमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामुदायिक अगुवा, सञ्चारकर्मी तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

यो कार्यक्रम आगामी सेप्टेम्बर २९, २०२५ (आइतबार) का दिन अमेरिकाको डीएफडब्लू टेक्सासमा आयोजना हुनेछ। कार्यक्रम दिउँसो २ बजेदेखि ५ बजेसम्म चल्नेछ, जहाँ पाण्डेयले तीव्र गतिमा ५० शब्दहरूलाई उल्टो टाइप गरेर नयाँ विश्व कीर्तिमान रच्ने प्रयास गर्नेछन्।

पत्रकार सम्मेलनमा बोल्दै कीर्तिमानी पाण्डेयले यो दोस्रो प्रयास आफ्नो व्यक्तिगत उपलब्धिको लागि मात्र नभई विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूको गौरव बढाउन समर्पित रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?