+

लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा नारायण देव राणाको उम्मेदवारी

२०८२ भदौ  ११ गते १८:४७ २०८२ भदौ ११ गते १८:४७
लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा नारायण देव राणाको उम्मेदवारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कराते खेलाडी तथा प्रशिक्षक नारायण देव राणाले नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
  • लोकतान्त्रिक खेलकुद संघको निर्वाचन भदौ २२ गते हुँदैछ र ९ सय बढी खेलकुदमा आबद्ध व्यक्तिहरूले मतदान गर्नेछन्।
  • पूर्व खेलकुद मन्त्री मिनकृष्ण महर्जनले राणाको नेतृत्वमा संघलाई जोगाउन समर्थन गरेको बताएका छन्।

११ भदौ, काठमाडौं। कराते खेलाडी तथा प्रशिक्षक रहिसकेका नारायण देव राणाले नेपाल लोकतान्त्रिक खेलकुद संघको हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. ३ का महाधिवेशन प्रतिनिधि समेत रहेका राणाले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

११ वर्ष अगाडि गठित नेपाली काँग्रेसको खेलकुदको भातृ संगठनको रुपमा रहेको लोकतान्त्रिक खेलकुद संघको निर्वाचन यहि भदौ २२ गते हुंँदैछ । निर्वाचनमा देशभरीबाट ९ सय वढी खेलकुदमा आबद्ध व्यक्तिहरूले मतदान गर्नेछन् ।

‘खेलकुद विकासको ठूलो जिम्मेवार निकाय रहेर पनि विगतमा हाम्रो संगठनले खेलकुद क्षेत्रमा खासै प्रभावकारी काम गर्न सकेको देखिएन । मेरो उम्मेदवारी निस्कृय संघलाई चलायनमान बनाउने र उदेश्य छुने हो’ राणाले उम्मेदवारी घोषणा गर्दै भने ।

सोही अवसरमा बागमती प्रदेशका पुर्व खेलकुद मन्त्री मिनकृष्ण महर्जनले खेलकुद क्षेत्रमा गर्ने प्रशस्त कामहरू भएता पनि विगतको नेतृत्व असक्षम बनेकोले लोकतान्त्रिक खेलकुद संघ जोगाउन राणाको समर्थनमा आएको बताए ।

राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघमा सन् २००७ र सन् २०१० मा गरी दुई पटक अध्यक्षको जिम्मेवारी गर्दा राणाले आफ्नो नेतृत्व क्षमता पुष्टि गरेका थिए ।

यसअघि कराते खेलाडीका रूपमा सन् १९८५ देखि १९९९ सम्म सक्रिय रहँदै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाएका राणाले १९९२ मा काठमाडौंमा भएको दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण तथा १९९१ मा एशियन एसकेएफ शिखर कराते डो च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए ।

सक्रिय खेल जीवनपछि उनले प्रशिक्षकको रूपमा २००६ दोहा एसियाड, २०१२ हङकङ र २०१८ इन्डोनेशिया एशिया प्यासिफिक कराते प्रतियोगितामा नेपाली टोलीलाई नेतृत्व गरेका थिए ।

करातेको अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा पनि लामो समय योगदान राणाले सन् २०१५ देखि नेपाल कुस्ती संघको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

राणाको उम्मेदवारी घोषणा समारोहमा उनको समर्थन गर्दै बाग्मती प्रदेशका पुर्व खेलकुद मन्त्री मीनकृष्ण महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, करातेका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ (माने), करातेका स्वर्णधारी खेलाडी गंगाराम महर्जन, आठौं साफका स्वर्णधारी रवि महर्जन लगायत थिए।

नारायण देव राणा लोकतान्त्रिक खेलकुद संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय