
News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको गुइझोउ प्रान्तमा अवस्थित हुआजियाङ ग्रान्ड क्यानन् पुलको विश्वकै सबैभन्दा अग्लो पुलको परीक्षण सम्पन्न भएको छ।
- पुलमा ९६ वटा ट्रक गुडाएर अन्तिम अधिकतम् भार वहन परीक्षण सफल भएको चिनियाँ अधिकारीहरूले बताउनुभएको छ।
- यो पुल बीपान नदीदेखि ६२५ मिटर उचाइमा बनेको र सेप्टेम्बरको अन्त्यमा उद्घाटन हुने तयारीमा छ।
११ भदौ, काठमाडौं । चीनमा विश्वकै सबैभन्दा अग्लो पुलको परीक्षण सम्पन्न भएको छ ।
बीबीसीका अनुसार, निर्माण सम्पन्न भएपछि उद्घाटनका तयारी स्वरूप ९६ वटा ट्रक गुडाएर भार वहन परीक्षण गरिएको छ ।
चीनको गुइझोउ प्रान्तमा अवस्थित हुआजियाङ ग्रान्ड क्यानन् पुलको अन्तिम अधिकतम् भार वहन परीक्षण (स्ट्रेस टेस्ट) सफल भएको हो ।
पुलको सुरक्षा जाँच गर्न त्यसमा ९६ वटा ट्रकहरू एकसाथ गुडाइएका थिए । यो पुल बीपान नदीदेखि ६२५ मिटरको उचाइमा बनेको हो ।
यो पुल विश्वकै सबैभन्दा अग्लो मात्र नभई पहाडी क्षेत्रमा बनेको सबैभन्दा फराकिलो पुल पनि हो ।
यो पुलको सेप्टेम्बरको अन्त्यमा उद्घाटन हुँदैछ । उद्घाटन अघि पाँच दिन लामो परीक्षण प्रक्रिया पूरा गरिएको चिनियाँ अधिकारीहरूले समाचार संस्था सिन्ह्वासँगको कुराकानीमा भनेका छन् ।
अन्तिम चरणमा लोड भार वहन परीक्षणपछि मात्र पुललाई सवारी आवागमनका लागि सुरक्षित मानिन्छ ।
प्रतिक्रिया 4