+
+
Shares

जेशिकाले जितिन् ‘मिस भिवा–२०२५’ को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते ८:२२

काठमाडौं । ‘मिस भिवा–२०२५’ को उपाधि जेशिका सिंह ठकुरीले जितेकी छन् । बुधबार राति काठमाडौंको याक एण्ड यति होटलमा सम्पन्न फाइनल प्रतिस्पर्धाबाट जेशिकाले उपाधि जितेकी हुन् ।

१५ जना अन्तिम प्रतिस्पर्धीहरुमध्ये निसिता जोशी फर्स्ट रनर–अप, निशा श्रेष्ठ सेकेन्ड रनर–अप, आस्मा रिजाल थर्ड रनर–अप र टिना परियार फोर्थ रनर–अप बने ।

साथै, प्रतियोगितामा ‘मिस ब्यूटिफुल स्किन’ र ‘बेस्ट इन इभिनिङ गाउन’को उपाधि पनि जेशिकाले जितिन् ।

यसैगरी आस्मा रिजालले ‘मिस आईसीटी अवार्ड’ र निशा श्रेष्ठले ‘मिस बेस्ट मेकअप लुक’को उपाधि जिते । टिना परियारले ‘मिस बेस्ट इन स्विमसुट’को उपाधि जितिन् भने ‘मिस इको क्विन’ आकृति घिमिरेले जित्न सफल भइन् ।

कार्यक्रममा ‘मिस ग्रान्ड इन्डिया–२०२५’ की विजेता विशाखा कंवरको पनि विशेष सहभागिता थियो ।

आयोजक उमङ्ग क्रिएसनका संस्थापक उद्धव अधिकारीका अनुसार यो प्रतियोगिता छैटौँ संस्करण हो । सन् २०२३ सम्म विजेतालाई ‘मिस युनिभर्स’मा पठाइए पनि त्यसपछिदेखि ‘मिस ग्रान्ड इन्टरनेशनल’मा सहभागी गराउने व्यवस्था गरिएको हो ।

यसपटक विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् भने रनर–अपहरूले विभिन्न पुरस्कारहरू हात पारेका छन् ।

संस्थापक अधिकारीका अनुसार यस संस्करणदेखि भारतसँग सहकार्य गर्दै प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी भइरहेको छ ।

विजेतालाई श्री ओम ज्वेलर्सले डिजाइन गरेको करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आकर्षक क्राउन प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?