+
+
Shares

झापामा ८ करोडमा बन्यो सडक आयोजना कार्यालय

मन्त्री दाहालले काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवन उद्घाटन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १२:३१

१२ भाद्र, काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बिहीबार झापा दमकमा निर्मित सडक आयोजना कार्यालय उद्घाटन गरेका छन् ।

मन्त्री दाहालले काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवन उद्घाटन गरेका हुन् ।

त्यस क्रममा मन्त्री दाहालले निर्धारित समयभित्र नै सडक विस्तारको काम सक्न निर्देशन दिए । कार्यालय प्रमुख सुनिलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भएपछि योे भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुनेछ ।

कार्यक्रममा सडक विभागका महानिर्देशक डा. विजय जैसी, एसियाली विकास बैंक (एडीबी) परियोजना प्रमुख चुडाराज ढकाल लगायत विभागका अधिकारी सहभागी थिए । ८ करोड ७ लाख रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?