+
+
Shares

नेपालमा पहिलो पटक एआई सुरक्षा भेला

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको पहिलो एआई सुरक्षा भेला ६० भन्दा बढी प्राविधिक नेतृत्व, विद्यार्थी र आविष्कारकहरूलाई एकै ठाउँमा ल्याएर सम्पन्न भएको छ।
  • पूर्वसचिव मधुकुमार मरासिनीले 'नेपाल एआई गभर्नेन्समा पछाडि पर्नु हुँदैन' भन्दै सरकारलाई एआईलाई आत्मसात गरी सेवा सरल बनाउन सुझाव दिनुभयो।
  • नेपालकै पहिलो कम्प्युटर अपरेटर नीलकण्ठ उप्रेतीले ५५ वर्ष पुरानो कम्प्युटर प्रविधिको इतिहास र निर्वाचन प्रक्रियामा आफ्नो योगदान प्रस्तुत गर्नुभयो।

१२ भदौ, काठमाडौं । नेपालको पहिलो एआई सुरक्षा भेला सम्पन्न भएको छ ।

भेलाले ६० भन्दा बढी प्रख्यात प्राविधिक नेतृत्व, विद्यार्थी र आविष्कारकहरूलाई एकै ठाउँमा ल्याएको छ ।

नेपालमा जिम्मेवार, नैतिक र दूरदर्शी कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र प्रयोगबारे राष्ट्रिय संवाद सुरु गर्ने उद्देश्यकले भेला गरिएको हो ।

कार्यक्रम नेपाली संस्था ‘एनोभेटर्स’ र बेलायतस्थित गैर–नाफामूलक संस्था ‘ब्लुडट ईम्प्याक्ट’को संयुक्त आयोजनामा भएको हो ।

कार्यक्रममा वक्ताहरूले सूचनामूलक प्रस्तुतिहरू दिँदै जिम्मेवार र नैतिक रूपमा एआईको विकास गर्न किन महत्त्वपूर्ण छ भन्ने कुरामा जोड दिए ।

भेलाको मुख्य आकर्षण नेपाल सरकारका पूर्वसचिव मधुकुमार मरासिनीको किनोट स्पिच रहेको थियो । उनले ’एआई गभर्नेन्सः एआई सुरक्षा र गभर्नेन्सका लागि नीतिगत आधारहरू’ शीर्षकमा आफ्ना विचारहरू प्रस्तुत गरे

उनले पछिल्लो समयमा भएको प्रविधिको तीव्र विकास र नेपालले जिम्मेवार एआई प्रणाली निर्माण गर्न गरिरहेको प्रयासबारे चर्चा गरे ।

उनले नवीनतम प्रविधिहरू अँगाल्दै अघि बढ्नुपर्ने र सबै नागरिकलाई डिजिटल प्रविधिहरूको प्रयोगबारे बुझाउनु पर्ने आवश्यकतामाथि जोड दिएका थिए ।

नेपालमा एआई गभर्नेन्स र सुरक्षाका लागि स्पष्ट दृष्टिकोण राख्दै उनले भने, ‘नेपाल एआई गभर्नेन्समा पछाडि पर्नु हुँदैन । साथै, सरकारले एआईलाई आत्मसात गरी हरेक नागरिकले घरबाटै सरकारी सेवा लिन मिल्ने गरी अझै सरल र सहज बनाउने दिशामा अगाडि बढ्नुपर्छ ।’

त्यस्तै, नेपालकै पहिलो कम्प्युटर अपरेटर नीलकण्ठ उप्रेतीले सहभागीहरूलाई नेपालको ५५ वर्ष पुरानो कम्प्युटर प्रविधिको यात्रामा फर्काए । उनले नेपालमा प्रविधिको विकासको ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्दै सबैलाई प्रभावित पारे ।

उनले वि.सं. २०२८ को जनगणनाको नतिजा प्रशोधन गर्न नेपाल भित्रयाइएको आईबीएम १४०१ मेनफ्रेम कम्प्युटरसँग गरेको काम, राष्ट्रिय कम्प्युटर केन्द्रमा उनको भूमिका, र पछि प्रमुख निर्वाचन आयुक्तको रूपमा नेपालको निर्वाचन प्रक्रियालाई आधुनिक बनाउन गरेको प्रयत्नको बारेमा बताए ।

‘सिंगापुर एआई सुरक्षा हब’को प्रतिनिधित्व गर्दै भर्चुअल माध्यमबाटै सहभागी भएकी भ्यालेरी प्याङ्ले दक्षिणपूर्वी एसियामा अपनाइएका उत्कृष्ट अभ्यासहरूका बारेमा जानकारी दिइन् ।

उनले एआई सुरक्षा र जिम्मेवार एआई विकासलाई बढावा दिन सिंगापुरमा भइरहेका सहयोगात्मक प्रयासहरूका बारेमा बताइन् ।

अतिथि वक्ताहरू प्रकृति भट्टराई र चन्दन गुप्ताले सहभागीहरूलाई एआई युगका लागि तयारी रहनका लागि, एआईमा हुने विभेद र असमानताको सामना, जिम्मेवार एआई र दैनिक काममा एआईको नैतिक एवम् जिम्मेवारपूर्ण प्रयोगबारे उपयोगी सीपहरू सिकाए ।

कार्यक्रममा प्रतिक दाहालले हालका लार्ज ल्याङ्गविज मोडल (एलएलएम) हरूसँग सम्बन्धित जोखिमहरूबारे पनि संक्षिप्त कुरा राखे ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन एआई सम्बन्धित एउटा अन्तरक्रियात्मक हाजिरीजवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।

प्रतियोगिताका दुई विजेतालाई २०० अमेरिकी डलर बराबरको ‘पप्र्लेक्सिटी प्रो इन्टरप्राइज एडिसन’ को ६ महिनाको निःशुल्क सदस्यता प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?