+
+
Shares

जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका एसपी दुर्गाराज रेग्मीका अनुसार, शिवपुरी गाउँपालिका–६, गर्जुमा रहेको बार्दली इन होटलमा कौडा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको बार्दली इन होटलमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा ६ जना महिलाहरु समेत छन् र उनीहरुको साथबाट १० लाख ७१ हजार ६ सय रुपैयाँ बरामद भएको छ।
  • जिल्ला प्रशासन कार्यालयले पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

१२ भदौ, नुवाकोट । प्रहरीले नुवाकोटको होटलमा जुवा खेलेको भन्दै २२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना महिलाहरु समेत छन् ।

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका एसपी दुर्गाराज रेग्मीका अनुसार, शिवपुरी गाउँपालिका–६, गर्जुमा रहेको बार्दली इन होटलमा कौडा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

डीएसपी विक्रम लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १० लाख ७१ हजार ६ सय रुपैयाँ बरामद समेत गरेको एसपी रेग्मीले जानकारी दिए ।

पक्राउ परेकाविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?