
News Summary
Generated by OK AI. Editorially reviewed.- सिसन बानियाँले आसिन दंगालसँगको सहकार्यमा \'चोकतिर\' नामक नयाँ र्याप गीत स्पोटिफाईमा मात्र सार्वजनिक गरेका छन्।
१६ भदौ, काठमाडौं । भ्लगिङबाट चर्चा कमाएका सिसन बानियाँले नयाँ र्याप निकालेका छन् । आसिन दंगालसँगको सहकार्यमा बानियाँले ‘चोकतिर’ बोलको गीत निकालेका हुन् ।
हाल यो गीत स्पोटिफाईमा मात्र उपलब्ध छ । ४ मिनेट ३ सेकेन्डको यस गीतमा बानियाँले एउटा भर्समा र्याप हानेका छन् । यसमा लिरिक्स र कम्पोजिसन दंगालकै छ । यो गीत उनको एकल गीत हो।
उनी केही वर्षयता बानियाँसँगै रहेर काम गर्दै आइरहेका छन् । बानियाँको भ्लगहरूमा यो गीत गाउँदै पनि आइरहेका थिए ।
बानियाँले समेत यो सहकार्यबारे केही समयअघि आफ्नो इन्स्टाग्राम ब्रोडकास्ट च्यानलमा बताएका थिए । उनका अनुसार यो उनको अन्तिम सांगीतिक कोसेली हुनेछ ।
यसअघि बानियाँले नवाज अन्सारी र ओएमजी स्पार्कसँग ‘बबाल’ र दुर्गेश थापासँग ‘जाने भए जाउ माया’ गीत निकालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4