
१६ भदौ, काठमाडौं । नक्कली कागजात बनाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा गोरखाको शहिद लखन गाउँपालिका–४ का ४५ वर्षीय अचल लामिछाने, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ का २९ वर्षीय सन्देश गौतम र काभ्रेको रोशी गाउँपालिका–३ घर भएका २१ वर्षीय सविन आले मगर छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले सामाखुसीस्थित टाउनप्लानिङबाट आइतबार पक्राउ गरेको हो ।
अचल लामिछानेले सञ्चालन गरेको इजी सपमा एसईईको सर्टिफिकेट, पुलिस रिपोर्ट, विभिन्न संस्था र होटलमा काम गरेको अनुभव प्रमाणपत्र आदि नक्कली बनाउने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया 4