
१९ भदौ, काठमाडौं । बहुमूल्य टल्कने ढुंगा रहेको भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-१ घर भएका ३५ वर्षीय प्रकाश तामाङ छन् ।
आफूसँग बहुमुल्य चम्किने ढुंगा रहेको र उक्त ढुंगा महंगो मूल्यमा बिक्री गर्न सकिन्छ भनि झुक्यानमा पारी ठगी गरेको आरोप छ ।
जिल्ला अदालत काठमाडौंबाट ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा नुवाकोट बिदुर नगरपालिका–२ बाट पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4