+

एनपीएलका लागि सुदूरपश्चिमले सार्वजनिक गर्‍यो पहिलो विदेशी खेलाडी

२०८२ भदौ  २० गते ८:०५ २०८२ भदौ २० गते ८:०५
एनपीएलका लागि सुदूरपश्चिमले सार्वजनिक गर्‍यो पहिलो विदेशी खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि अस्ट्रेलियाका ब्याटर क्रिस लिनलाई पहिलो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको छ।
  • क्रिस लिनले अस्ट्रेलियाका लागि १८ टी-२०आई खेलमा २९१ रन बनाएका छन् र विश्वका चर्चित क्रिकेट लिगहरूमा खेलेका छन्।
  • नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ।

२० भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका ब्याटर क्रिस लिनलाई पहिलो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको छ ।

यसअघि बुधबार टोलीले दिएको हिन्टका आधारमा अनलाइनखबरले उक्त खेलाडी लिन भएको समाचार ब्रेक गरेको थियो । रोयल्सले आज आधिकारिक रूपमा नै लिनलाई पहिलो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो ।

अस्ट्रेलियाका लागि उनले १८ टी-२०आई खेलमा २९१ रन बनाएका छन् । सबैखाले टी-२० मा उनले ५ शतकसहित २९३ खेलमा ८३५५ रन बनाएका छन् ।

उनले आईपीएल, बीबीएल, सीपीएल लगायत विश्वका चर्चित क्रिकेट लिगहरूमा खेलेका छन् ।

एनपीएलको दोस्रो संस्करण यही मंसिर १ देखि सुरु हुँदैछ ।

क्रिस लिन सुदूरपश्चिम रोयल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय