+

अस्ट्रेलियाका क्रिस लिनले एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने !

२०८२ भदौ  १८ गते १६:५७ २०८२ भदौ १८ गते १६:५७
अस्ट्रेलियाका क्रिस लिनले एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने !

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका पावरफुल ओपनिङ ब्याटर क्रिस लिनले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।
  • सुदूरपश्चिमले सामाजिक सञ्जालमा ३९५५ रन र २२० छक्का लेखेर लिनको बिग ब्यास लिग प्रदर्शन संकेत गरेको थियो।
  • लिनले बिग ब्यासमा १२७ खेलमा ३९५५ रन बनाएका छन् र अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन्।

१८ भदौ, काठमाडौं । अस्ट्रेलियाका पावरफुल ओपनिङ ब्याटर क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणम सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

सुदूरपश्चिमले सामाजिक सञ्जालमा बुधबार एक पोस्ट राख्दै अस्ट्रेलियाको खेलाडी आउने संकेत गरेको थियो । सुदूरपश्चिमले राखेको विवरण अनुसार क्रिस लिन नै ती ब्याटर हुन्।

त्यहाँ हिन्टका रूपमा ३९५५ रन र २२० छक्का भनेर लेखिएको छ । उक्त विवरण लिनले बिग ब्यास लिग क्रिकेटमा गरेको प्रदर्शनसँग मेल खाएको छ । यदि सुदूरपश्चिमले यस विवरणलाई तोडमोड नगरेमा क्रिस लिन नै सुदूरको एक विदेशी खेलाडी हुनेछन् ।

लिनले बिग ब्यासमा १२७ खेलमा ३९५५ रन बनाएका छन् । उनले अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् ।

अस्ट्रेलियाका लागि उनले १८ टी-२०आई खेलमा २९१ रन बनाएका छन् । सबैखाले टी-२० मा उनले ५ शतकसहित २९३ खेलमा ८३५५ रन बनाएका छन् ।

सुदूरपश्चिमले आधिकारिक रूपमा भने खेलाडी घोषणा गर्न बाँकी छ । शुक्रबार यी खेलाडीबारे विवरण सार्वजनिक गर्ने बताइएको छ ।

क्रिस लिन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय