+
+
Shares

पेट्रोल पम्पका कर्मचारीमाथि कुटपिट र लुटपाट : जाहेरी दर्ता नभएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १५:४२

२० भदौ,  जनकपुरधाम । प्रहरीले धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्र बजारस्थित धनुषा आयल स्टोर्सका कर्मचारीमाथि भएको कुटपिट र लुटपाट गर्नेविरुद्ध जाहेरी दर्ता नगरेको पीडितले गुनासो गरेका छन् ।

७ भदौमा नै आयल स्टोर्सका सञ्चालक ३२ वर्षीय विवेककुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । तर जाहेरी अहिलेसम्म दर्ता नभएको पीडितहरूको आरोप छ ।

भदौ ६ गते मध्यराति गणेशमान चारनाथ–१ का २८ वर्षीय अशोककुमार साह तेली२७ वर्षीय नविन पुर्वछाने मगर३३ वर्षीय सन्तोष बलमपाखे मगर३० वर्षीय निरज मगर र अन्य एक जनाले आयल स्टोर्समा आएर पेट्रोल पम्पका कर्मचारीमाथि कुटपिट र लुटपाट भएको जाहेरीमा उल्लेख छ ।

प्रहरीले हालसम्म उनीहरूलाई कारबाहीको दायरामा नल्याएको पीडितको गुनासो छ । जाहेरीअनुसार ६ भदौ राति तीनवटा मोटरसाइकलमा प्लास्टिकको बोतलमा पेट्रोल लिन उनीहरू आएका थिए ।

ड्युटीमा रहेका कर्मचारी शत्रुधनकुमार साहलाई विपक्षी मध्येका अशोकले प्लास्टिकको बोतलमा पेट्रोल दिन आग्रह गरे । तरनेपाल आयल निगमको निर्देशनअनुसार बोतलमा पेट्रोल बिक्री गर्न नमिल्ने कारण कर्मचारीले नदिने बताएपछि विवाद सुरु भएको थियो ।

विवादकै क्रममा अशोकसहितले गाली–गलौज गर्दै कर्मचारीलाई कुटपिट गरेको जाहेरीमा उल्लेख छ । सोही क्रममा पेट्रोल पम्पमा डिस्पेन्सर नजिकै ब्यागमा राखिएको नगद १२ लाख ७५ हजार रुपैयाँ समेत लुटेर फरार भएको जाहेरीमा दाबी गरिएको छ ।

लुटपाटमा संलग्नको रुपमा पीडित पक्षले बिगो रकम भरपाइ दिलाउन र दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ ।

प्रमाणका रूपमा बिक्री विवरणअनुगमन फारमनेपाल आयल निगमको प्रेस विज्ञप्ति र सीसीटीभी फुटेजसमेत प्रहरीलाई बुझाइएको जाहेरीमा उल्लेख छ । तर कुटपिट भएको रकम लुटिएको प्रमाण बुझाउँदा समेत धनुषाका प्रहरी उपरीक्षक एसपी नरहरि रेग्मीले कुनै चाँसो नलिएकोजाहेरी दर्ता नगरेको पीडित विवेक साहको आरोप छ ।

यता एसपी रेग्मीले घटनाको बेला इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलि पठाएर बुझ्न लगाएको तरप्लास्टिक बोतलमा तेल नदिँदा भानभान भएर समान्य धकेलाधकेल भएकोले जाहेरी दर्ता नगरेको बताए । उनले सीसीटीभी फुटेजमा कुटपिट नै भएको देखिए कुटपिट गर्ने विरुद्ध जाहेरी दर्ता गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?